प्रहरीबाट अवैध घरेलु मदिरा नष्ट « Khabarhub

प्रहरीबाट अवैध घरेलु मदिरा नष्ट


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रहरीले अवैध रुपमा उत्पादन गरी बिक्री गर्न राखिएको घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

ललितपुर महानगरपालिका– २५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

नख्खु खोलास्थित जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो ।

मङ्गलबार गरिएको खानतलासीका क्रममा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रभागका इन्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्माले आज जानकारी दिए । उनका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसीबीको सहायताले खाल्टो खनेर पुरिएको छ ।

अखाद्य पदार्थबाट उत्पादित मदिरा सेवनबाट मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै गैरकानुनी कार्य भएकाले त्यस्ता पदार्थ नष्ट गर्नुपरेको प्रहरी निरीक्षक शर्माले स्पष्ट पारे । उनका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भई हाल नख्खुमा बसेर घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न हुँदै आएकी रविना तमाङसहित अन्यलाई गैरकानुनी गतिविधिमा नलाग्न सचेत गराइएको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोल’ मा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएर सौहार्दता कायम गर्न आफूहरू खटिरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक शर्माले समाजमा अशान्ति निम्त्याउने गतिविधिलाई रोक्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : २० बजे

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको