अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन « Khabarhub

अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कञ्चनपुरको बेलौरी नगरपालिका पुगेपछि भव्य स्वागत तथा अभिनन्दन गरिएको छ।

तराई-मधेश जागरण अभियानअन्तर्गत बेलौरी पुगेको माओवादी केन्द्रको अभियान टोलीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो। कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेश गरे ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय जनप्रतिनिधि र जनताको सद्‌भावपूर्ण स्वागतप्रति आभार प्रकट गर्दै बेलौरीका समस्या समाधान र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘बेलौरी नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु। नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : २५ बजे

कसले जित्ला विश्वकप ? ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० देशले नजित्ने संयोग !

काठमाडौं- यसपालीको विश्वकप कसले जित्ला ? यो अहिले विश्वभरका फुटबल

शून्य प्रगतिको अवस्थामा रहेका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले दियो सुझाव

काठमाडौं– विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा

मल अभाव हुन नदिन सरकार तत्पर छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको

दक्षिणकालीको सोखेलमा धान रोपाइँ सुरु (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको दक्षिणी सीमामा पर्ने दक्षिणकाली नगरपालिका–३ सोखेल क्षेत्रमा यस

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट