रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण  « Khabarhub

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित भएको छ । 

नाउपा संरक्षक रेशमलाल चौधरी पक्राउ परेपछि नाउपा र जनमत पार्टीबीच एकता नहुने भएको हो । 

सर्वोच्च अदालतको फैसला अनुसार कमलादीबाट चौधरीलाई पक्राउ परेर डिल्लीबजार कारागार लगिएपछि आज हुने भनेको एकता घोषणा कार्यक्रम स्थगित भएको हो । 

कार्यक्रम स्थगित भएको जानकारी जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन्। उनले सरकारले प्रतिशोध साँधेर पार्टी एकताकै दिन रेशम चौधरीलाई पक्राउ गरेको भन्दै कार्यकर्ताहरूलाई आआफ्नो घर जान आग्रह गरेका छन्। 

जनमत अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।  यसको हामी घोर भर्त्सना गर्दछौं।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते  कारागारबाट छुटेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ३९ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको