रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन | Khabarhub Khabarhub

रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेशम चौधरीलाई थुनामा राख्न सर्वोच्चले आदेश दिएको पत्र अहिलेसम्म सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको बताइएको छ।

सर्वोच्च अदालतका विभिन्न शाखाहरूमा त्यो पत्रको खोजी गर्दा कतै नभेटिएपछि अहिले सर्वोच्चका कर्मचारीहरूको बैठक बसिरहेको बताइएको छ । 

‘हाम्रा पनि विभिन्न शाखाहरू छन् हामीले त्यो पत्रको विषय खोजी गरिरहेका छौँ कहाँबाट पठाइयो पठाइयो अहिलेसम्म भेटिएको छैन ।’ सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले खबरहबलाई भने, ‘सबै शाखामा यो पत्रबारे खोजी भइरहेको छ । अहिले सिनियर सरहरू र हामी बैठक समेत बसिरहेका छौँ। तर, खोजीकार्य जारी छ ।

रेशमलाई दिएको आममाफीको बदर गर्ने निर्णयबारेको पत्र मुद्दा शाखाका अधिकृत महिमान सिंह बिष्टले आफैँले हस्ताक्षर गरेर पत्र पठाएको प्रहरी स्रोतको भनाइ छ । यदि ढड्डामा पत्र नभेटिए रेशम आज नै छुट्न सक्ने अवस्था देखिन्छ ।

प्रहरीलाई सर्वोच्च अदालतका नाममा गएको पत्रको व्यहोरा यस्तो छ-

श्री सर्वोच्च अदालत
मुद्दा तथा रिट महाशाखा
च. नं.:- १९२७७
मितिः– २०८२–०१–१७
विषय:– कैदमा राख्न पठाइएको सम्बन्धमा ।
मु.नं. ०७७–ऋच्–१०७५ समेत
मुद्दा :– कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी ।

श्री कारागार कार्यालय
डिल्लीबजार, काठमाण्डौ

प्रस्तुत विषयमा वादी नेपाल सरकार प्रतिवादी कैलाली जिल्ला साविक दुगौली गा.वि.स. वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी समेत भएको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाहरूमा पाशविक किसिमले ८ (आठ) जना सुरक्षाकर्मी र १(एक) जना नाथलकको हत्या गरेको जघन्य भन्दा पनि तल्लोस्तरको कुर अपराध गरेको ठहरी यस अदालतको मिति २०८०÷०२÷०२ को पाना २३० को फैसलाले निज प्रतिवादी रेशमलाल चौधरीलाई जन्म कैद २० (वीस) वर्ष कैद हुने ठहरी फैसला भएको अवस्थामा सम्माननीय राष्ट्रपति महोदयबाट श्री सर्वोच्च अदालतबाट पूर्ण फैसला तयार नभई अपराधलाई राजनीतिकरण हुने गरी मिति २०८०÷०२÷१४ मा दिइएको माफी यस अदालतमा मिति २०८०÷०२÷१६ मा दर्ता भएको मु.नं. ०७९–धय–१३३७ को उत्प्रेषण मुद्दामा यस अदालतको पूर्ण इजलास वा संवैधानिक वृहत पूर्ण इजलासबाट शीघ्रातीशीघ्र सो आदेशमा फैसलाद्वारा आवश्यक कारवाही हुने नै हुँदा र मु.नं. ०८०–ध्ँ–००२६ को रिट निवेदक भारती शेर्पा प्रत्यर्थी राष्ट्रपतिको कार्यालय शितल निवास काठमाण्डौं, रिगल ढकाल समेत भएको मुद्दा मिति २०८०÷०७÷१६ मा फैसला भएको व्याख्या, नजिरको समेत अनुशरण गरी न्यायिक कारवाही हुने र सो फैसला पछि श्री कैलाली जिल्ला अदालतबाट पुनः कैदी पूर्जी जारी हुने नै हुँदा हाललाई निज प्रतिवादीलाई नियमानुसारको सिधाखर्च दिई कैदमा राख्नु हुन यस अदालतको मिति २०८०÷०२÷०२ को फैसला अनुसार अनुरोध छ ।

(महिमानसिंह विष्ट)
शाखा अधिकृत

बोधार्थ
१.) श्रीमान प्रहरी महानिरीक्षकज्यू, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाण्डौः निज प्रतिवादी नेपाल राज्यभरी जहाँ भए पनि तत्काल पक्राउ गरी प्रहरी प्रधान कार्यालयमा झिकाई यो कैदीपूर्जी बमोजिम कारागार कार्यालय डिल्लीबजारमा कैदमा राख्न यस अदालतका अधिकारीलाई आवश्यक सहयोग गर्नु हुन अनुरोध छ।

२.) श्री कैलाली जिल्ला अदालत : पछि नियमानुसार पुनः कैदीपूर्जी दिनुहुन ।

३.) प्रतिवादी रेशमलाल चौधरी : नियमानुसारको सिधा खर्च उपभोग गरी यो कैदी पूर्जी वमोजिम कैदमा बस्नु हुन ।

यो पनि पढ्नुहोस् :

रेशम पक्राउ परेपछि प्रज्ञामा कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण 

पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : १२ बजे

लहान चोकको सहिद स्मारक स्थानान्तरण

सिराहा– मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त

प्रधानमन्त्रीलाई भेटेर माधव नेपालले भने- चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्‍यो 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक,

कांग्रेसका नौ भाइ भन्छन्- ‘कोर्स करेक्सन’ गर्ने बेला भयो 

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले राजनीतिक ‘कोर्स करेक्सन’ गर्ने बेला भएको

बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुल नजिक आज मोटरसाइकल दुर्घटना हुँदा