निखिलको फिल्म ‘आचार्य’बाट उषा र एलिसले डेब्यू गर्ने « Khabarhub

निखिलको फिल्म ‘आचार्य’बाट उषा र एलिसले डेब्यू गर्ने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती करिब ७ वर्षपछि ठूलो पर्दामा फर्कने भएका छन् । उनी फिल्म ‘आचार्य’ लिएर यो वर्ष नै दर्शकलाई भेट्ने मनस्थितिमा छन् ।

चलचित्र विकास बोर्डका अनुसार कलाकारमा आफू र सञ्चिता लुइटेल लुइटेलको नाम टिपाएर फिल्म निर्माणको इजाजत लिएका हुन् ।

यही फिल्मबाट मोडल उषा उप्रेतीले पनि डेब्यू गर्ने खबर केही समयअघि बाहिरिएको थियो ।

खबरहबलाई प्राप्त जानकारी अनुसार निखिल अहिले कलाकार चयनको काममा व्यस्त छन् । उनी औपचारिक रुपमा फिल्म र कलाकारबारे जानकारी दिने तयारीमा छन् ।

फिल्ममा अनुबन्ध भएका कलाकारहरुलाई हेर्दा निखिल नयाँ अनुहारलाई अवसर दिने तयारीमा रहेको देखिन्छन् ।

यही बीच केही म्युजिक भिडियोमा अभिनय गरेका एलिस खनाल पनि फिल्ममा अनुबन्ध भएका छन् । एलिस र निर्माण पक्षबीच कागजी सम्झौता पनि भइसकेको छ ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने यो फिल्मको निर्देशक निखिल आफैँ हुन् । यो उनको निर्देशन रहने दोस्रो फिल्म हो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ०० बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३