राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी « Khabarhub

राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन : एकीकृत समाजवादी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीले राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन भएको बताएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बुझाइएको ज्ञापन पत्रमा उसले रोजगारी र सुशासनलाई राजनीति र राज्यको सबैभन्दा जरुरी विषयका रुपमा उल्लेख गरेको हो । 

राजनीति र राज्यका लागि रोजगारी र सुशासनको मुद्दा प्राथमिकतामा नपरेका कारण मुलुकको भविष्य छ भन्ने विश्वास हराउँदै गएको एकीकृत समाजवादीको ठहर छ ।

एकीकृत समाजवादीले राजनीतिक नालायकी, अस्थिरता र बढ्दै गएको अन्योल अन्त्य गर्न रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेको छ । 

‘राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ । मुलुकले लामो समय यो अवस्था थेग्न सक्दैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस अवस्थामा हाम्रो प्रस्ताव छ : मुलुकको राष्ट्रिय एजेण्डा बनाउन नेपाल सरकारको आयोजनामा यथाशीघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गरौँ ।’

सम्मेलनमा सबै राजनीतिक दलहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी–कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा–स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार, ढिलासुस्तीरहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रशासनिक व्यवस्थाका लागि आ–आफ्ना योजनाहरू पेश गर्ने उसको प्रस्ताव छ । 

‘त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ । त्यस क्रममा कैयन् विषयमा राष्ट्रिय सहमति बन्न सक्छ वा कम्तीमा पनि राष्ट्र निर्माणका लागि कुन राजनीतिक दलका के योजना छन् भन्ने विषयमा राष्ट्रिय बहस सुरू हुनेछ,’ ज्ञापन पत्रमा उल्लेख छ । 

पटक–पटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन भन्ने स्वयंसिद्ध तथ्यलाई नेपाली राजनीतिक इतिहासले धेरै पटक पुष्टि गरिसकेको एकीकृत समाजवादीको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ०१ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर