प्रवीण खतिवडालाई लिएर फिल्म ‘शिवांश’ निर्माण घोषणा « Khabarhub

प्रवीण खतिवडालाई लिएर फिल्म ‘शिवांश’ निर्माण घोषणा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रवीण खतिवडलाई केन्द्रीय भूमिकामा राखेर फिल्म ‘शिवांश : च्याप्टर १’ बन्ने भएका छ । निर्माण पक्षले बुधबार फिल्मको फ्रस्र्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्ने बताइएको छ । यो उनको डेब्यू फिल्म हो ।

यस फिल्ममा प्रवीणसहित तेज गिरी र रुषा न्यौपाने शीर्ष भूमिकामा रहने निर्माण पक्षले बताएको छ । त्यस्तै फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

यो फिल्मको निर्माता अञ्जना केसी हुन् । केसीले नै यस फिल्मको कथा लेखेकी हुन् भने पटकथा बारत लिम्बुले लेखेका हुन् ।

सार्वजनिक पोस्टरमा दुई तस्बिर देख्न सकिन्छ । पोस्टरको केन्द्र भागमा फिल्मका केन्द्रीय कलाकार प्रवीण फिचर्ड छन् । उनी एक गाउँको पृष्ठभूमिमा साङ्गोले बाँधिएका छन् ।

अर्का तस्बिरमा भने एक व्यक्तिको पछाडिको भाग मात्रै देख्न सकिन्छ । उनी झोला बोकर उभिएका छन् । निर्माण पक्षले फिल्मको कथाबारे थप केही जानकारी दिएको छैन ।

यो फिल्मको प्रदर्शन मिति असोज २४ लाई तोकिएको छ । छायाङ्कन मिति भने निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : १२ बजे

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द