सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन स्थगित « Khabarhub

सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन स्थगित


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षकहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँगको सहमतिसँगै शिक्षक महासंघले विगत २९ दिन देखि जारी आन्दोलन स्थगित भएको घोषणा गरेकाे हाे ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलन स्थगित गरिएको जनाएको हो ।

‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिच विगतमा भएका सहमतिरसम्झौतालाई ध्यानमा राखी नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गते भित्र प्रतिनिधि सभाबाट पारित गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका संसदीय दलका प्रमुख सचेतकहरुबाट मिति २०८२।०१।१७ गते लिखित प्रतिबद्धता व्यक्त भएकोले तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी हुने विश्वास लिएका छौं’ विज्ञप्तीमा उल्लेख छ ।

साथै भोलिदेखि नै विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउन पनि महासंघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : १५ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको