आज २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १६ गते शुक्रबार। जेठ शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ मे ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। पुराना साथी र व्यक्तिसँग भेट हुनेछ। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। हरेक काममा धैर्य बन्नुपर्ने छ। आफ्नो भन्दा विपक्षीको प्रगति देखिने छ।

वृष : धनलक्ष्मी योग परेको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुने सम्भावना रहेको छ। विपक्षीको हर्कतले तपाईंलाई फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नै राशिमा चन्द्रमा र वृहस्पति एकै ठाउँमा बसेका छन्। मन प्रशन्न हुनेछ। सोचेको काम बन्नेछ। तीर्थ यात्रा तय हुनेछ। इज्जत बचाउन सम्पत्ति खर्च भए पनि मनमा सन्तुष्टि बढ्नेछ।

कर्कट : सञ्चित धन खर्च हुने योग छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। सहकर्मीसँग सल्लाह गरेर मात्र ठुलो लगानीमा हात लगाउनु उचित हुनेछ। राजनीतिबाट सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आम्दानी बढ्ने दिन छ। दैनिक काम सहजै बन्नेछन्। परिवारमा बढी विश्वास गर्नाले धोका हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कन्या : परिवारको व्यावहारिक बोझ थपिने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। कृषिको लगानीबाट आम्दानी बढ्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग नयाँ सम्बन्ध विस्तार हुनेछ। परिवारमा भने सचेत भएर काम गर्नुपर्ने योग छ।

वृश्चिक : हरेक काममा अवरोध सिर्जना हुनेछ। प्राविधिक शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रभावित नहुनु उचित हुनेछ। भीडमा ज्यान जोगाउनु पर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य राम्रो छ। गोपनीयता भंग गर्ने बानीले अप्ठेरोमा पर्ने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर जित्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी शिक्षाबाट फाइदा हुनेछ। अन्त्य साढेसातीका कारण स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

मीन : तपाईंको राशिमा शनिदेव पुगेकाले टाउको दुख्ने समस्या बढ्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत र इमेज बिग्रिने जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ५ : ०३ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग