तत्कालका लागि ट्रम्पको कर नीति यथावत रहने « Khabarhub

तत्कालका लागि ट्रम्पको कर नीति यथावत रहने


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सामानमा लगाएको करले तत्कालका लागि निरन्तरता पाउने भएको छ। एक दिन अघि व्यापार अदालतले अमेरिकी राष्ट्रपतिले स्वतन्त्रता दिवसको दिनदेखि लागु हुने गरी लगाएको करको निर्णयमा फिर्ता गर्न भनेको थियो। यो निर्णयको विरुद्धमा ट्रम्पले पुनरावेदन गरेका थिए।

एक दिन अघि भएको निर्णयमा ट्रम्पले अधिकार क्षेत्र पार गरेको जनाइएको थियो। साना व्यवसाय तथा समूहले निर्णय विरुद्धमा अदालतमा उपस्थिति जनाएका थिए। एक दिन अघिको सो निर्णयले ट्रम्पको आर्थिक नीतिको मुटुमै प्रहार गरेको ठहर भएको थियो।

ट्रम्पले अदालतको निर्णयले राष्ट्रपतिको पदीय मूल्य घटाएको तथा अहिले भइरहेको वार्ता अर्थहीन बनाएको भन्दै पुनरावेदन गरेका थिए। उक्त पुनरावेदन निवेदनपछि ट्रम्पलाई अदालतले तत्काल कर नीति कार्यान्वयन गर्ने बाटो खोलिदिएको हो ।

पुनरावेदन अदालतले तत्कालका लागि यो निर्णय रोके पनि अन्तिम फैसला भइसकेको छैन। ५ जुनमा अर्को सुनुवाइ हुने छ। ट्रम्पको सल्लाहकार पिटर नभारो अदालतले अन्तिम फैसला गर्दा ट्रम्पको विपक्षमा फैसला गरे पनि कुनै रूपबाट कर उठाउने कुरामा राष्ट्रपति अडिग रहेको बताउँछन्।

राष्ट्रपतिको प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपतिबाट भएको अन्तर्राष्ट्रिय वार्ता र सहमति प्रभावित हुने गरी अदालती हस्तक्षेप भएमा यसले काम गर्न नै कठिन हुने बताएकी छन्।

ट्रम्पले फेब्रुअरी महिनामा क्यानडा, मेक्सिको तथा चीनबाट आउने सामानमा कर लगाउने निर्णयबाट अमेरिकामा भित्रने सामानमा थप करको सुरुवात गरेका थिए। अमेरिकामा ती देशबाट फेन्टानिल भित्रने गरेको भन्दै ट्रम्पले सो निर्णय गरेको बताएका थिए। त्यसको अर्को महिना उनले संसारका प्राय देशबाट अमेरिका पुग्ने सामानमा कम्तीमा १० प्रतिशत करको निर्णय गरेका थिए। केही देशबाट अमेरिका पुग्ने सामानको हकमा भने यसको मात्रा अझ बढी थियो।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : १३ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका