महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो « Khabarhub

महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो


१६ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मको अकुपेन्सी मध्यम छ ।

दोस्रो सातामा प्रवेशसँगै निर्माण पक्षले सुरुवाती सात दिनको ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्म दुई करोड चार लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।

राजेशले ९ वर्षपछि यस फिल्मबाट ठूलो पर्दाको अभिनयमा ‘कमब्याक’ गरेका हुन् । उनी अहिले दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन हलहरुमा उपस्थित भइरहेका छन् । यसभन्दा अघि उनी यसरी फिल्मको प्रचारमा र हल भिजिटमा हिड्दैन थिए ।

राजेश काठमाडौं बाहिरका हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत र रमेश चन्द सोडारी लगायतको अभिनय छ ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा यस फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । निर्देशक भने दिवाकार भट्टराई हुन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  २ : ४१ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।