महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो « Khabarhub

महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मको अकुपेन्सी मध्यम छ ।

दोस्रो सातामा प्रवेशसँगै निर्माण पक्षले सुरुवाती सात दिनको ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्म दुई करोड चार लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।

राजेशले ९ वर्षपछि यस फिल्मबाट ठूलो पर्दाको अभिनयमा ‘कमब्याक’ गरेका हुन् । उनी अहिले दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन हलहरुमा उपस्थित भइरहेका छन् । यसभन्दा अघि उनी यसरी फिल्मको प्रचारमा र हल भिजिटमा हिड्दैन थिए ।

राजेश काठमाडौं बाहिरका हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।

यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत र रमेश चन्द सोडारी लगायतको अभिनय छ ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा यस फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । निर्देशक भने दिवाकार भट्टराई हुन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ४१ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान