राष्ट्रिय चिकित्सक संघको चेतावनी- डाक्टरलाई पैसामा किनबेच हुने वस्तु बनाउनु अस्वीकार्य « Khabarhub

राष्ट्रिय चिकित्सक संघको चेतावनी- डाक्टरलाई पैसामा किनबेच हुने वस्तु बनाउनु अस्वीकार्य


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति राष्ट्रिय चिकित्सक संघ (एनडीएन) ले आपत्ति जनाएको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो संवेदनशील समयमा स्वास्थ्यमन्त्रीको डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने अभिव्यक्तिले चिकित्सकहरूलाई स्तब्ध तुल्याएको बताउँदै यसले डाक्टरहरूलाई पैसामा किनबेच हुने वस्तु बनाएको महशुस गराएको बताएको छ । 

डाक्टरलाई बिदेशिन बाध्य बनाउने परिस्थितिको मूल जड मन्त्रालयकै अकर्मण्यता रहेको उल्लेख गर्दै संघको धारणा अनुसार हालका आर्थिक पेशागत असुरक्षा र अपमानजनक व्यवहारले धेरै योग्य चिकित्सकहरूलाई बिदेसिन प्रेरित भइरहेको अध्यक्ष डा. विकास गौचन र महाँसचिव डा. सम्राट पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

डाक्टरहरूलाई देशभित्रै सेवा गर्ने वातावरण बनाउनु शिक्षा, काम, सुरक्षा र सम्मानको माध्यमबाट स्वास्थ्य मन्त्रालयको प्रमुख कार्य भएको बताउँदै यस्ता अव्यवहारिक र आपत्तिजनक वक्तव्यबाजी भन्दा सम्मान, सुरक्षा, अवसर प्रोत्साहन दिएर देशमै टिकाउने नीति बनाउन ८ बुँदे सुझाव समेत मन्त्रालयलाई संघले दिएको छ । 

स्वास्थ्यमन्त्री पौडेलले यही जेठ १४ गते बुधवार नेपालमा पढेका चिकित्सक लिने देशसँग रोयल्टी लिने व्यवस्था गरिने बताएका थिए । राष्ट्रिय ट्रमा सेण्टरमा आयोजित एक कार्यक्रममा बोल्दै आफू विश्व स्वास्थ्य सम्मेलनमा स्विट्जरल्याण्ड पुगेपछि आफूलाई यस्तो महशुस भएको उनले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ४८ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने