अर्थमन्त्रीले भने- सांसदहरूका नाममा बजेट छुट्याएको भए देखाइदिनू | Khabarhub Khabarhub

अर्थमन्त्रीले भने- सांसदहरूका नाममा बजेट छुट्याएको भए देखाइदिनू


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सांसदहरूका नाममा कुनै योजना नराखिएको बताएका छन् ।

बिहीबार सार्वजनिक १९ खर्बभन्दा बढीको नयाँ बजेटबारे शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

अघिल्ला आर्थिक वर्षमा संघीय सांसदहरूका नाममा बजेट छुट्याइँदा चर्को विरोध हुने गरेको थियो । प्रत्यक्ष र समानुपातिकसमेत सांसदहरूका नाममा छुट्याइएको बजेट कार्यकर्ता पोस्न खर्चिने गरेको भन्दै नागरिकतहबाट विरोध हुने गरेको थियो ।

संघीय सरकारले सांसदहरूलाई बजेट बाँड्ने गरेको सिको गर्दै प्रदेश सरकारले पनि त्यही अभ्यास गर्ने गरेका थिए । शुक्रबार पत्रकार सम्मेलनका क्रममा पौडेललाई सांसदहरूका नाममा बजेट छुट्टिएको नछुट्टिएकोबारे जिज्ञासा राखिएको थियो ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य दिने क्रममा पौडेलले सांसदहरूका नाममा बजेट छुट्याएकोबारे केही उच्चरण नगरेपछि उनलाई शुक्रबार पत्रकारहरूले जिज्ञासा राखेका थिए ।

‘सांसदका नाममा नयाँ बजेटमा कुन योजना कहाँ छन् तपाईंहरूले खोजेर देखाइदिनू’, पौडेलले पत्रकारहरूलाई भने, ‘बजेट एकदम ठिक छ, यसलाई कार्यान्वयनमा लैजाँदा लक्षित आर्थिक वृद्धि सम्भव छ ।’

यसअघि नयाँ बजेटमा सांसद् विकास कोषको पुनर्जन्म गरिएको चर्चा थियो । तर अर्थमन्त्री पौडेलले सांसदहरूका नाममा कुनै शीर्षकमा बजेट नछुट्याएको दाबी गरेका हुन् ।

यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा पैसा बाँड्ने गरिएको थियो । तर भरत जङ्गमले हालेको मुद्दामा तत्कालीन संविधानको धारा ८३ अनुसार यो कोषको रकम खर्च गर्ने सम्बन्धमा कानुनद्वारा खर्च व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नू भनी सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको थियो

तर त्यसपछि कानुनी रूपमा सांसद विकास कोषलाई विभिन्न नाममा पैसा दिने गरिएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  २ : ५५ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा