ट्रम्प-पुटिन-जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव « Khabarhub

ट्रम्प-पुटिन-जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा अमेरिकी, रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच भेटघाटको आयोजना गर्ने प्रस्ताव राखेको छ ।

किएभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरेको नाटो सदस्य टर्की तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मुख्य मध्यस्थकर्ता बनेको छ ।

‘हामी इमान्दारीपूर्वक सोच्छौँ कि श्री (रेसेप तैयप) एर्दोगानको नेतृत्वमा श्री ट्रम्प, श्री (भ्लादिमिर) पुटिन र श्री (भोलोदिमर) जेलेन्स्कीबीच भेटघाटका साथ पहिलो र दोस्रो प्रत्यक्ष इस्तानबुल वार्तालाई समापन गर्न सम्भव छ’, विदेशमन्त्री हाकान फिदानले किएभको भ्रमणका क्रममा भने ।

‘हामी या त यस युद्धको निरन्तरतामा आँखा बन्द गर्न सक्छौँ वा वर्षको अन्त्यअघि दिगो शान्ति प्राप्त गर्न सक्छौँ, युद्धविराम र शान्तिका लागि अपेक्षाहरू बढेका छन्’, उनले भने, ‘जबसम्म हामी वार्ताको टेबलमा रहन्छौँ तबसम्म निश्चित रूपमा प्रगति हुनसक्छ ।’ –रासस

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ३ : ४८ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक