अमेरिकाले यस वर्षको पाँच महिनामा एक हजार भारतीयलाई डिपोर्ट गर्‍यो | Khabarhub Khabarhub

अमेरिकाले यस वर्षको पाँच महिनामा एक हजार भारतीयलाई डिपोर्ट गर्‍यो


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- वर्ष २०२५ लागेयता अमेरिकाले १ हजार भन्दा धेरै भारतीय नागरिकलाई डिपोर्ट गरेको छ । अमेरिकाले फेब्रुअरी महिना मात्रै एक सयभन्दा बढी भारतीय नागरिकलाई सेनाको जहाजमार्फत डिपोर्ट गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका अनुसार जनवरीदेखि अहिलेसम्म करिब १ हजार नागरिकलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यसबारे विस्तृत जानकारी नदिए पनि तीमध्ये करिब ६२ प्रतिशत नागरिकहरू व्यवसायिक उडानमार्फत् भारत फर्किएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा बिनावैध कागजात बसिरहेका व्यक्तिहरूलाई निष्कासन गरिने बताएका थिए।

यसअघि ट्रम्पले अवैध आप्रवासनका सन्दर्भमा भनेका थिए, ‘देशले सही कदम चाल्नेछ।’

यसै वर्ष फेब्रुअरीमा अमेरिकाले सयभन्दा बढी भारतीय नागरिकलाई अमेरिकी सेनाको जहाजमार्फत् डिपोर्टका क्रममा हतकडी लगाएको विषयले ठूलो चर्चा पाएको थियो।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जायसवालले भने, ‘आप्रवासनका मुद्दामा भारत र अमेरिका नजिकबाट सहकार्य गरिरहेका छन् । भारतले कसैलाई फर्काउनुअघि उसको राष्ट्रियताको पुष्टि गर्छ।’

अमेरिकाले करिब १८ हजार त्यस्ता भारतीय नागरिकको पहिचान गरेको छ, जसलाई उसले गैरकानुनी रूपमा अमेरिका बसिरहेको भन्दै आएको छ ।

यसअघि यसै महिनामा भारतस्थित अमेरिकी दूतावासले चेतावनी दिँदै अमेरिकाभित्र तोकिएको समयभन्दा बढी बस्दा डिपोर्ट हुने जोखिम रहने बताएको थियो । अमेरिकाले त्यस्ता व्यक्तिलाई स्थायी प्रतिबन्ध पनि लगाइने भनेको थियो ।

दूतावासका अनुसार यी नियमहरू वैध रूपमा अमेरिका प्रवेश गरेकाहरू माथि पनि लागु हुन्छन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ४ : २३ बजे

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

खेलाडीले पठाओ चलाएर परिवार पाल्नुपर्ने अवस्था छ

खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल