चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक | Khabarhub Khabarhub

चेम्बर अफ कमर्सद्वारा हीरक जयन्तीको लोगो सार्वजनिक


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले ७५औँ वार्षिकोत्सवका अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरे ।

मुलुकको समग्र चेम्बर अभियानको ७५औँ ऐतिहासिक वर्षगाँठका अवसरमा चेम्बरले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिलाई हीरक जयन्तीका अवसरमा उजागर गरिने हीरक जयन्ती मूल समारोह समितिले जनाएको छ ।

विसं २००७ मा स्थापना भएको चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । संस्थाले हीरक जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले बताए । 

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ६ : ०३ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले