राजावादी रोक्न दरबारमार्गमा निषेधाज्ञा, पाँचजना भन्दा बढी हिँड्न नपाइने  « Khabarhub

राजावादी रोक्न दरबारमार्गमा निषेधाज्ञा, पाँचजना भन्दा बढी हिँड्न नपाइने 


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजावादीको आन्दोलनलाई लक्षित गर्दै नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ।  

उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको काठमाडौं जिल्ला प्रशासन कार्यलयका प्रमुख ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार आगामि असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

यसअघि २०८१ फागुन २६ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किनुअघि काठमाडौंका विभिन्‍न स्थानमा निषेधाज्ञा थपिएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले त्यसबेला राजधानी सहरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका थिए।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले त्यसबेला हरेक दुई दुई महिनामा निषेधाज्ञा थप्ने कार्यलाई निरन्तरता मात्रै दिइएको बताएका थिए । अहिले दरबारमार्गमा लगाइएको निषेधाज्ञा भने नयाँ हो ।

त्यसबेला राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको थियो। ती स्थानमा पहिले पनि निषेधाज्ञा थियो ।

प्रशासनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ७ : ०६ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक