संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना « Khabarhub

संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले संसदको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताएकी छिन् ।

संसद दिवसका् अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले संसद प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन सबैमा हुनुपर्ने बताइन् ।

उनले संसद कमजोर हुँदा जनताका आवाजहरु दबिने उल्लेख गर्दै उनले संसदीय सर्वोच्चताका लागि सबै लाग्न जरुरी रहेको उल्लेख गरिन् ।

उपसभामुख रानाले दिवसको अवसरमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा होमिएका सबै जनताको अपेक्षा सबैले निती र व्यवहारबाट पूरा गर्न अग्रसर हुन आह्वान पनि गरेकी छिन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : ४९ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ