उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी « Khabarhub

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त स्थान छाड्न चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको कुरा गरिरहेको समयमा इजरायलले उत्तरी गाजामा रहेकालाई सो स्थान छाड्न भनेको छ।

गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई दक्षिणमा जान भनिएको छ। आइतबार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो स्थानमा कम्तीमा ८१ जनाको ज्यान गएको छ।

शनिबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु हमाससँग युद्ध विराम गर्न गइरहेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। आइतबार इजरायली डिफेन्स फोर्स (एडिएफ)का प्रवक्ता आभिचाय आद्रीले आतङ्ककारी र आतङ्ककारी संरचनालाई नास गर्ने भन्दै गाजामा आक्रमण गर्ने बताए।

आइतबार बिहानदेखि सो स्थानमा अन्य दिनको भन्दा बढी आक्रमण भएको थियो। आइतबार बिहान नै दक्षिणी गाजामा युनिस खानमा पालमा बसेकामाथि भएको आक्रमणमा पाँच जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ३४ बजे

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री