उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी « Khabarhub

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त स्थान छाड्न चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको कुरा गरिरहेको समयमा इजरायलले उत्तरी गाजामा रहेकालाई सो स्थान छाड्न भनेको छ।

गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई दक्षिणमा जान भनिएको छ। आइतबार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो स्थानमा कम्तीमा ८१ जनाको ज्यान गएको छ।

शनिबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु हमाससँग युद्ध विराम गर्न गइरहेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। आइतबार इजरायली डिफेन्स फोर्स (एडिएफ)का प्रवक्ता आभिचाय आद्रीले आतङ्ककारी र आतङ्ककारी संरचनालाई नास गर्ने भन्दै गाजामा आक्रमण गर्ने बताए।

आइतबार बिहानदेखि सो स्थानमा अन्य दिनको भन्दा बढी आक्रमण भएको थियो। आइतबार बिहान नै दक्षिणी गाजामा युनिस खानमा पालमा बसेकामाथि भएको आक्रमणमा पाँच जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ३४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु