संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा « Khabarhub

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय स्थल बनाउनु पर्नेमा जोड दिएका छन् ।

संसद दिवसको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत उनले संसदीय आचरण, व्यवहार, क्षमता र दक्षतासँग सांसदको मात्र नभइ सम्बन्धित दल र मुलुककै प्रतिष्ठा जोडिने भएकाले यसलाई मर्यादित बनाउन समयमै ध्यान दिनुपर्ने बताएका छन् ।

गत जेठ १२ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा अवरोध गर्दै आएकाेप्रति लक्षित गर्दै उनले संसदमा हुने सबै गतिविधि भावी पुस्ताका लागि शिक्षा हुने भएकाले मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय बनाउनु पर्नेमा जोड दिएका छन् । उनले संसद जनताको सार्वभौम अधिकार सम्पन्न राज्यको सर्वोच्च अङ्ग भएको नबिर्सन पनि आग्रह गरेका छन् । 

उनले भनेका छन्, ‘संसदप्रति मुलुककै प्रतिष्ठा जोडिएको हुन्छ, सम्बन्धित पदाधिकारी, सदस्य, संस्था र दलको बेलैमा ध्यानाकर्षण हुनु जरूरी छ । बानी साह्रै बिग्रिएपछि सच्याउन कठिन हुन्छ ।’

उनले पहिलेका संसदीय गतिविधिमा विवाद, झडपहरू नीतिगत र विषय केन्द्रित हुने गरेको स्मरण गर्दै २०७९ साल पछिको वर्तमान संसद भने अधिकांश असंसदीय, विषयवस्तु विहीन, व्यक्ति विशेष, तथ्यहीन, स्तरहीन गालीगलौच र भ्रमात्मक बहसमा दौडने मैदान बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो अवस्था नागरिक अधिकार रक्षा  र संसदीय व्यवस्थाको उन्नत विकास र अभ्यासका लागि कदापी राम्रो नहुने उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ५१ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ