फर्निचर उद्योगमा आगलागी « Khabarhub

फर्निचर उद्योगमा आगलागी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

स्थानीय मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आइतबार राति आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ५९ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ