शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई « Khabarhub

शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औँ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समूहतर्फ  उपाधि जितेको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयमा आज विजेता खेलाडीहरूलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।

प्रतियोगितामा ५५ केजी तौल समूहमा नेपालका शरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक्स फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण, शीला ठकुरीले रजत पदक जितेका छन् । उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छिन् ।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५  मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौँ स्थान हासिल गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ११ : ५६ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ