विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल « Khabarhub

विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ । 

शहरी विकास मन्त्रालयमा आज भएको भेटमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्न सक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउने निर्णय भएको थियो । 

भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने, मोबाइलमा ‘अर्ली वार्निङ रिङ’ बजाएर जोखिम क्षेत्रमा समयमै सचेत गराउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री गुरुङबीच छलफल भएको छ । सो क्रममा सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग छलफल गरेर आवश्यक समन्वय गर्ने बताए । 

कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्को समयमा मौसमपूर्वानुमानअनुसार पूर्व सूचनालाई प्रभावकारी बनाउन सके सम्भावित जोखिम कम गर्न र क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका रहने भन्दै सूचना प्रवाह प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : ५२ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति