फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश « Khabarhub

फिल्म ‘मिरमिरे’को वर्कसपमा दयाहाङ र प्रकाश


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र प्रकाश सपुत शीर्ष भूमिकामा रहने फिल्म ‘मिरमिरे’को वर्कसप आइतबारबाट सुरु भएको छ ।

फिल्मका शीर्ष कलाकार दयाहाङ, प्रकाश र नायिका सिर्जना निङ्लेखु वर्कसपमा सहभागी छन् ।

छोटो समय वर्कसप गरेर निर्देशक यम शेर्पा यही शुक्रबारबाट छायाङ्कनमा निस्कने तयारीमा छन् ।

निर्देशक शेर्पा भन्छन्, ‘वर्कसपमा बस्न सबै कलाकारको समय मिल्यो । अब छायाङ्कन छिटो सक्न सहयोग पुग्नेछ ।’

यो फिल्मका लेखक पनि शेर्पा आफैँ हुन् । आधाभन्दा बढी छायाङ्कन काभ्रेमा हुने निर्देशक शेर्पा बताउँछन् ।

यमले दयाहाङ र नायिका सिर्जनासँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यमको डेब्यू फिल्ममा पनि यी दुई नायक–नायिका थिए ।

प्रकाशसँग भने यमले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । यस फिल्मको निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

वर्कसपको थप तस्बिरहरु :

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको