तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते | Khabarhub Khabarhub

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको औषधि उत्पादन गर्ने कारखानाको रिएक्टर युनिटमा विस्फोट हुँदा १० मजदुरको मृत्यु भएको छ

यो घटनामा २० भन्दा बढी गम्भीर घाइते भएका छन्। हालसम्म पाँच जनाको शव विस्फोटस्थलबाट निकालिएको छ, १३ जनाको उद्धार गरिएको छ। विस्फोटमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ।

घटनास्थलमा दमकल विभागका ११ वटा गाडी परिचालन गरेर उद्धार कार्य जारी छ। प्रारम्भिक अनुमान अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । धेरै मानिसहरू अझै विस्फोट भएको भवनमा फसेको आशंका गरिएको छ।

यो घटना सोमबार बिहान ७ बजे पाशमिलारमस्थित सिगाची इन्डस्ट्रीज नामक कम्पनीको फ्याक्ट्रीमा भएको हो। प्रारम्भिक जानकारी अनुसार रिएक्टरमा अचानक रासायनिक प्रतिक्रिया अत्यधिक गतिमा भएपछि विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको आवाज निकै ठूलो थियो । त्यसले मजदुरहरूलाई करिब १०० मिटर टाढा फालिदिएको थियो। विस्फोटले रिएक्टर युनिट पूरै ध्वस्त भएको छ।

यहाँ कम्पनीले सन् १९८९ देखि माइक्रोक्रिस्टलाइन सेल्युलोज (एमसीसी) उत्पादन गर्दै आएको छ । यो सेतो रङको, गन्धरहित, स्वादविहीन पाउडर हो, जसको प्रयोग औषधि तथा सौन्दर्य प्रशाधन उद्योगमा हुन्छ।

सिगाची उद्योगका भारतभर पाँचवटा कारखाना छन्, विस्फोट भएको कारखानामा सयभन्दा बढी कर्मचारी कार्यरत थिए । कम्पनीका उत्पादनहरू ६५ भन्दा बढी देशमा निर्यात गरिन्छन्।

यस दुर्घटनापछि बम्बे स्टक एक्सचेञ्जमा सिगाची इन्डस्ट्रिजको सेयर ९.८९ प्रतिशतले घटेको छ। उक्त समयसम्म यसको सेयर ४९.७२ भारूमा कारोबार भइरहेको थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ५९ बजे

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद पौडेलले नेताहरूको पावर लगाएर

गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी

गण्डकी– पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक

सिग्देल र पहारीको तर्क- पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुँदैन, एमालेमा ओलीको विकल्प छैन

काठमाडौं- नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले

‘६१ लाख फन्डा’ले ‘माग्ने राजा’लाई ब्याकफायर गरेपछि निर्देशकले मागे माफी, निर्माता बोल्दै बोलेनन् !

काठमाडौं – फिल्म ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले ‘६१ लाख