दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु  « Khabarhub

दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय सानेपामा १० महिनापछि बसेको बैठकका लागि कांग्रेसले विभिन्न ६ वटा एजेन्डाहरू तय गरेको छ । 

कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक ०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो । उक्त बैठकबाट कांग्रेसले ललितपुरको गोदावरीमा ०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकका सबै प्रस्तावहरू परिमार्जनसहित पारित गरेको थियो ।

यसबीचमा कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू भने बोलाउने गरेको थियो । तर, ती बैठकहरूमा प्रायः शोक प्रस्तावहरू पारित हुने गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : ३९ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी