कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल « Khabarhub

कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गरेको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुने भएको छ ।

छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको स्पष्ट पारे । 

सो समयमा बजेटको आकार ठूलो भएकाले जिल्ला जिल्लामा जाने बजेट पनि ठूलै भएको धारणा राख्दै नेता राईले अहिलेको सरकारले सदनमा प्रस्तुत गरेको तथ्यांक र अनुमान गलत छ भने । उनले कानुनसँग नमिल्ने र भविष्यमा प्रभावित पार्न सक्ने योजना तथा नीतिका विषयमा आफू जानकार रहेको प्रष्ट पार्दै सरकारले गैरसरकारी विधेयक र प्रदेशसभा नियमावली विधेयक बजेट अधिवेशनमै छिनोफानो गर्नुपर्ने कुरामा जोड दिए ।

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले धान रोप्ने समयमा किसानले सहज ढङ्गले मल नपाएको र कसैले पाइने हालेमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता कहिलेसम्म किसानले भोग्ने सरकारसँग प्रश्न गरे ।

अर्की सदस्य सपना दर्जीले विपद्पछि सरकारले वितरण गर्ने राहत, उद्धार र खोजका निम्ति सरकारले पूर्वतयारी जनस्तरसम्म गर्नुपर्ने ध्यानाकर्षण गराए। उनले यसका लागि स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गरेर विपद् आउनुअघि पूर्ण तयारी भएर बस्नुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : ०३ बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा