सर्वाधिक व्यापार गर्ने २५ को सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे « Khabarhub

सर्वाधिक व्यापार गर्ने २५ को सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको सूची सार्वजनिक गरेको छ ।यो सूचीमा अहिलेका चल्तीका स्टार अनमोल केसीका कुनै पनि फिल्म पर्न सकेनन् ।

सार्वधिक कमाउने फिल्मको सूचीको अन्तिममा ‘पशुपतिप्रसाद : भष्मे डन २’ छ । यसले ७ करोड ३२ लाखभन्दा केही बढी व्यापार गरेको छ ।

अर्थात्, एकै फिल्ममा ५० लाख पारिश्रमिक लिने अनमोलका फिल्मले उक्त रकमभन्दा कम व्यापार गरेको विकास बोर्डको आँकडाबाट बुझ्न सकिन्छ । उता अनमोलका प्रतिस्पर्धीसमेत रहेका नायक प्रदीप खड्काका दुई फिल्म सबैभन्दा बढी व्यापार गर्ने सूचीमा छन् ।

उनको फिल्म ‘प्रेम गीत ३’ र ‘पुजार सार्की’ यो सूचीमा अटाएका छन् । ‘प्रेम गीत ३’ले ७ करोड ६३ लाख र ‘पुजार सार्की’ ७ करोड ३८ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रदीप र अनमोल दुवै नेपाली सिनेमा क्षेत्रका स्टार नायक हुन् । उनीहरू दुवै महँगो पारिश्रमिक बुझ्ने कलाकारमा गनिन्छन् । त्यही कारण यी दुवैलाई एक अर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : १८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको