तमोर नदीमा बगेर एकजना बेपत्ता « Khabarhub

तमोर नदीमा बगेर एकजना बेपत्ता


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : ४६ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले