गगन थापाको प्रस्ताव : तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गरौँ « Khabarhub

गगन थापाको प्रस्ताव : तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गरौँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रातृ संगठन नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर मसान्तमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले तरूण दलको महाधिवेशन मंसिर मसान्तका लागि प्रस्ताव गरेका हुन् । 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले महामन्त्री थापाले आगामी मंसिर २६–२८ मा तरूण दलको महाधिवेशन गर्ने प्रस्ताव गरेको जानकारी दिए । 

तरूण दलका दुईजना केन्द्रीय सदस्यहरू आइतबारदेखि महाधिवेशनको माग राख्दै सानेपामा आमरण अनशनमा बसेका छन् । 

यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले सोमबार महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन गरेको थियो । 

ती सदस्यका अनुसार महामन्त्री थापाले आगामी माघ मसान्तभित्र महाधिवेशन गर्न बाँकी रहेका पार्टीका सबै भ्रातृ संगठनहरूले अनिवार्य महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : १० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली