गगन थापाको प्रस्ताव : तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गरौँ « Khabarhub

गगन थापाको प्रस्ताव : तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गरौँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रातृ संगठन नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर मसान्तमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले तरूण दलको महाधिवेशन मंसिर मसान्तका लागि प्रस्ताव गरेका हुन् । 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले महामन्त्री थापाले आगामी मंसिर २६–२८ मा तरूण दलको महाधिवेशन गर्ने प्रस्ताव गरेको जानकारी दिए । 

तरूण दलका दुईजना केन्द्रीय सदस्यहरू आइतबारदेखि महाधिवेशनको माग राख्दै सानेपामा आमरण अनशनमा बसेका छन् । 

यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट पक्षले सोमबार महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन गरेको थियो । 

ती सदस्यका अनुसार महामन्त्री थापाले आगामी माघ मसान्तभित्र महाधिवेशन गर्न बाँकी रहेका पार्टीका सबै भ्रातृ संगठनहरूले अनिवार्य महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : १० बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ