शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ? « Khabarhub

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवासामु एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका हुन् ।

‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ कोइरालाले प्रश्न गरे, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’

उनले सभापति देउवालाई एमालेसँग २०८१ असार १७ गते राति भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको विषयमा भएको प्रगतिबारे पनि जवाफ मागे ।

‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?,’ कोइरालाले प्रश्न गर्दै भने, ‘सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ ।’

उनले प्रतिनिधिसभा निर्वाचन ०७९ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर अहिले एमालेसँग सहकार्य गरिनुको कारणबारे पनि प्रश्न उठाए ।

‘०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ । अहिले एमालेसँग सरकारमा छौँ,’ नेता कोइरालाले प्रश्न गरे, ‘त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १९ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई