बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग | Khabarhub Khabarhub

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिक अनावरण कार्यक्रम बहिष्कार गरेको गुनासो गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकमा उनले आफूले नेतृत्व गरेको समूहमा आवद्ध पूर्वमन्त्रीदेखि जिल्लाका अग्रज नेताहरूले बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गरेको गुनासो गरेका हुन् ।

‘०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरूप नगरपालिकामा बीपी कोइरालाको शालिक अनावरणमा मलाई बोलाइयो । म आफैँ प्रमुख अतिथी भएर गएको कार्यक्रममा मेरै समूहका पूर्वमन्त्रीदेखि जिल्लाका सिनिएर साथीहरूले मलाई रोक्ने प्रयास गर्नुभयो,’ कोइरालाले भने, ‘कार्यक्रमभन्दा ठीक पहिले उहाँहरूलाई भेटेर बीपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ । तर, पनि उहाँहरूले बहिष्कार गर्नुभयो ।’

उनले बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्ने नेताहरूमाथि अनुशासनको कारबाही गरिनुपर्ने आशय पनि व्यक्त गरे ।

‘बीपी कोइरालाको शालिक अनावरण अवरोध गर्नेहरूलाई अनुशासन लाग्ने कि नलाग्ने ?,’ कोइरालाले प्रश्न गरे, ‘ती साथीहरू कस्ता कांग्रेसी ? सही कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन ।’

कोइरालाले प्रथम राष्ट्रपति डा. रामवरण यादवले नवलपरासीको प्रतापपुरमा निर्मित बीपीको शालिक अनावरण कार्यक्रम पनि पार्टीका केन्द्रीय सदस्यहरूले बहिष्कार गरेको प्रसंग पनि स्मरण गरे ।

‘०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा जानु हुँदा पार्टीका केन्द्रीय सदस्य साथीहरूले नै कार्यक्रम बहिष्कार गर्नुभयो,’ उनले भने ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : २५ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु