बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग « Khabarhub

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिक अनावरण कार्यक्रम बहिष्कार गरेको गुनासो गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकमा उनले आफूले नेतृत्व गरेको समूहमा आवद्ध पूर्वमन्त्रीदेखि जिल्लाका अग्रज नेताहरूले बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गरेको गुनासो गरेका हुन् ।

‘०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरूप नगरपालिकामा बीपी कोइरालाको शालिक अनावरणमा मलाई बोलाइयो । म आफैँ प्रमुख अतिथी भएर गएको कार्यक्रममा मेरै समूहका पूर्वमन्त्रीदेखि जिल्लाका सिनिएर साथीहरूले मलाई रोक्ने प्रयास गर्नुभयो,’ कोइरालाले भने, ‘कार्यक्रमभन्दा ठीक पहिले उहाँहरूलाई भेटेर बीपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ । तर, पनि उहाँहरूले बहिष्कार गर्नुभयो ।’

उनले बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्ने नेताहरूमाथि अनुशासनको कारबाही गरिनुपर्ने आशय पनि व्यक्त गरे ।

‘बीपी कोइरालाको शालिक अनावरण अवरोध गर्नेहरूलाई अनुशासन लाग्ने कि नलाग्ने ?,’ कोइरालाले प्रश्न गरे, ‘ती साथीहरू कस्ता कांग्रेसी ? सही कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन ।’

कोइरालाले प्रथम राष्ट्रपति डा. रामवरण यादवले नवलपरासीको प्रतापपुरमा निर्मित बीपीको शालिक अनावरण कार्यक्रम पनि पार्टीका केन्द्रीय सदस्यहरूले बहिष्कार गरेको प्रसंग पनि स्मरण गरे ।

‘०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा जानु हुँदा पार्टीका केन्द्रीय सदस्य साथीहरूले नै कार्यक्रम बहिष्कार गर्नुभयो,’ उनले भने ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : २५ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर