नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना « Khabarhub

नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले यसअघि नै दोषी ठहर गरेको मुद्दामा सोमबार सजाय र जरिवाना निर्धारण गरिएको हो ।

अदालतले बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानासहितको कडा सजाय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले दोष प्रमाणित भएको ठहर गर्दै सजाय निर्धारण गरेको हो।

भ्रष्टाचार मुद्दाको फैसला

घुस र रिसवत लेनदेनमा बस्नेतसहित चार जनामाथि अख्तियारले मुद्दा चलाएको थियो । यस मुद्दामा कूल ९ करोड २२ लाख ४६ हजार बराबरको भ्रष्टाचार विशेष अदालतले प्रमाणित गरिदिएको छ ।

अदालतले मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय तोकेको छ । थप ३ महिना कैद नगर प्रमुखको पदमा रहँदै अपराध गरेकोमा पनि तोकिएको छ । त्यसैगरि २ करोड ३० लाख ६१ हजार ५०८ जरिवाना पनि गरिएको छ ।

अदालतले चारै प्रतिवादीबाट बिगोबराबरको रकम जफत हुने फैसला सुनाएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी फैसला अनुसार बस्नेतले कूल १३ करोड १२ लाख ७३ हजार बराबरको शुद्धीकरण गरेको ठहर भएको छ ।

अदालतले यसमा ३ वर्ष कैद र विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिवाना तोकेको छ । ऐन अनुसार ३ महिना १८ दिन अतिरिक्त कैद पनि तोकिएको छ ।

यस मुद्दामा २ करोड ६२ लाख ५४ हजार ६०६ जरिवाना पनि सुनाइएको छ। अदालतले क्षतिपूर्ति आदेशमा अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा मोहनबहादुर बस्नेतबाट १ करोड ५ लाख जम्मा गराउन भनेको छ।

अन्य कम्पनी र राजु प्रसाद कँडेलबाट जनही ९ लाख २२ हजार ४६० क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला भएको छ।

अदालतले प्रतिवादीहरुको सामाजिक, शैक्षिक पृष्ठभूमि, उमेर, स्वास्थ्य तथा अपराधको प्रकृति मूल्याङ्कन गर्दै सजायशास्त्रको सैद्धान्तिक दृष्टिकोण अनुरूप कडा सजाय दिएको हो । यस फैसलाले स्थानीय तहमा हुने उच्चपदस्थ व्यक्तिहरूद्वारा गरिने भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आर्थिक अपराधमाथि कडा कारबाही हुने नजिर बसेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३५ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’