अर्थसंक्षेप : मौद्रिक नीतिको तयारी, सुनचाँदी व्यवसायीको आन्दोलन चर्किँदै र ९ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : मौद्रिक नीतिको तयारी, सुनचाँदी व्यवसायीको आन्दोलन चर्किँदै र ९ अंकले बढ्यो नेप्से


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत भएका भएका छन् । मनोनीत हुनेहरूमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ रहेका छन् ।

न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उपसभापति छन् ।

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार  

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा छन् ।

मौद्रिक नीतिको सुझावका लागि पौडेलले विभिन्न सरोकारवालासँग छलफल गरिरहेका छन् । यहीबीच शेयर लगानीकर्ता आफ्ना माग लिएर राष्ट्र बैङ्क पुगे । पौडेल गभर्नर भएपछि पहिलो मौद्रिक नीति ल्याउन लागेकाले धेरैको ध्यान मौद्रिक त्यसतर्फ छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिमा शेयर कारोबारमा संलग्नहरू सन्तुष्ट थिएनन् । लगानीकर्ताले अधिकारी र उनले ल्याएको नीतिको आलोचना गरेका थिए । पौडेल आएसँगै अहिले शेयर लगानीकर्ताले केही राहत महसुस गरेको लगानीकर्ता नै बताउँछन् ।

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’

डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना बनाउन २६ अर्ब २४ करोड बढी लाग्ने

९७.४३ मेगावाटको डाँडागाउँ खलंगा भेरी जलविद्युत आयोजना बनाउनका लागि २६ अर्ब २४ करोड ५२ लाख ४८ हजार ७६ रुपैयाँ लाग्ने भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (एआइए)अनुसार लागत अनुमान गरिएको हो ।

विद्युत् विकास विभाग बनाउन लागेको आयोजना जाजरकोट जिल्लाको नलगाड र भेरी नगरपालिका साथै रूकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिकामा रहेको छ ।

वातावरणीय न्यूनीकरण, अनुगमन, वातावरणीय परीक्षण तथा व्यवस्थापन लागतमा यस आयोजनाले सरकारी र निजी जग्गा प्राप्तिको लागि १७ करोड २२ लाख ४२ हजार चार सय रुपैयाँ, ९८ लाख १४ हजार चार सय ८९ रुपैयाँ र पुर्नबास तथा पुनर्स्थापना लागि नौ करोड ६१ लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले सोमबार ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले सोमबार ललितपुरको मंगलबजारमा विरोध प्रदर्शन गरेका हुन् ।

त्यसअघि सुनचाँदी व्यवसायीहरू पाटनका विभिन्न स्थानमा प्रदर्शनसहितको र्‍याली निकालेका थिए । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ५९ बजे

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर

अमेरिकाद्वारा क्यारेबियन क्षेत्रमा डुङ्गा आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले क्यारेबियन क्षेत्रमा लागूऔषध तस्करी गर्ने डुङ्गालाई

प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण

काठमाडौं– नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका