भ्रातृसंगठनसम्म पुग्यो एकीकृत समाजवादीको किचलो, अनेरास्ववियू विभाजित « Khabarhub

भ्रातृसंगठनसम्म पुग्यो एकीकृत समाजवादीको किचलो, अनेरास्ववियू विभाजित


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचार मुद्दा लागेर पनि अध्यक्ष र संसदीय दलको नेताको भूमिका नछाडेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकपछि अर्को तनाव आइलागेको छ ।

पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेपछि उनलाई नेतृ रामकुमारी झाँक्रीले कुहिएको सिनोको संज्ञासमेत दिइन् । कुहिएको सिनो सधैँ काँधमा बोकेर हिँड्न नसकिने बताएकी उनले अब अर्ली महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने कुरा रुपन्देही पुगेर बताइन् ।

उनको यो अभिव्यक्तिका कारण पार्टीभित्र हंगामा भएपछि महासचिव घनश्याम भुसालले अध्यक्ष नेपालविरुद्ध नबोल्न भन्दै आइतबार विशेष परिपत्र नै जारी गरे ।

यहीबीचमा यसअघिबाटै किचलो चलिरहेको समाजवादीको भ्रातृसंगठन अनेरास्ववियू सोमबारदेखि विभाजित हुन पुगेको छ। संगठन निर्माणदेखि नै किचलो रहेको अनेरास्वियूमा सोमबारदेखि एउटा समूहको अध्यक्ष नरेश न्यौपाने भएका छन ।

न्यौपानेले समानान्तर कमिटी बनाउँदै विशेष सर्कुलर जारी गरेका छन् । यसअघिकी अध्यक्ष आरती लामालाई बलपूर्वक हटाएर महेश श्रेष्ठलाई नेतृत्वमा ल्याइएको थियो ।

यस्तोमा सोबारदेखि अनेरास्ववियू विभाजित हुन पुगेको हो । न्यौपानेको अध्यक्षतमा बनेको कमिटीमा महासचिव प्रकाश श्रेष्ठ छन् । दुवैले सोमबार गरेको परिपत्रअनुसार १६७ सदस्यीय केन्द्रीय कमिटी बनाएको उल्लेख छ ।

‘…विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने आवश्यकता र दायित्व बोध गर्ने अधिकांश कमरेडहरूबीचको गहिरो परामर्शपछि यो विशेष सर्कुलर जारी गरिएको छ’, पत्रमा भनिएको छ, ‘अनेरास्ववियू क्रियाशील हुँदा मात्रै पार्टी निर्माण र विस्तारको गति स्वतः अघि बढ्ने विश्वास गर्दै सम्पूर्ण कमरेडहरुलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १२ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी