भ्रातृसंगठनसम्म पुग्यो एकीकृत समाजवादीको किचलो, अनेरास्ववियू विभाजित « Khabarhub

भ्रातृसंगठनसम्म पुग्यो एकीकृत समाजवादीको किचलो, अनेरास्ववियू विभाजित


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचार मुद्दा लागेर पनि अध्यक्ष र संसदीय दलको नेताको भूमिका नछाडेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकपछि अर्को तनाव आइलागेको छ ।

पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेपछि उनलाई नेतृ रामकुमारी झाँक्रीले कुहिएको सिनोको संज्ञासमेत दिइन् । कुहिएको सिनो सधैँ काँधमा बोकेर हिँड्न नसकिने बताएकी उनले अब अर्ली महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नुपर्ने कुरा रुपन्देही पुगेर बताइन् ।

उनको यो अभिव्यक्तिका कारण पार्टीभित्र हंगामा भएपछि महासचिव घनश्याम भुसालले अध्यक्ष नेपालविरुद्ध नबोल्न भन्दै आइतबार विशेष परिपत्र नै जारी गरे ।

यहीबीचमा यसअघिबाटै किचलो चलिरहेको समाजवादीको भ्रातृसंगठन अनेरास्ववियू सोमबारदेखि विभाजित हुन पुगेको छ। संगठन निर्माणदेखि नै किचलो रहेको अनेरास्वियूमा सोमबारदेखि एउटा समूहको अध्यक्ष नरेश न्यौपाने भएका छन ।

न्यौपानेले समानान्तर कमिटी बनाउँदै विशेष सर्कुलर जारी गरेका छन् । यसअघिकी अध्यक्ष आरती लामालाई बलपूर्वक हटाएर महेश श्रेष्ठलाई नेतृत्वमा ल्याइएको थियो ।

यस्तोमा सोबारदेखि अनेरास्ववियू विभाजित हुन पुगेको हो । न्यौपानेको अध्यक्षतमा बनेको कमिटीमा महासचिव प्रकाश श्रेष्ठ छन् । दुवैले सोमबार गरेको परिपत्रअनुसार १६७ सदस्यीय केन्द्रीय कमिटी बनाएको उल्लेख छ ।

‘…विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने आवश्यकता र दायित्व बोध गर्ने अधिकांश कमरेडहरूबीचको गहिरो परामर्शपछि यो विशेष सर्कुलर जारी गरिएको छ’, पत्रमा भनिएको छ, ‘अनेरास्ववियू क्रियाशील हुँदा मात्रै पार्टी निर्माण र विस्तारको गति स्वतः अघि बढ्ने विश्वास गर्दै सम्पूर्ण कमरेडहरुलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १२ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर