आज २०८२ साल साउन १४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १४ गते बुधबारको राशिफल


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १४ गते बुधबार। साउन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले केही राम्रा काम बन्नेछन्। सम्मान पाउने अवसर आइपर्न सक्छ। निर्णय क्षमता विकास गर्दा फाइदा होला। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा लगानी गरेको भए फाइदा हुनेछ। कृषिको व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मनमा भने चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। कृषि, पशुधनबाट उल्लेखनीय लाभ मिल्नेछ। तपाईंको प्रशंसा गर्नेहरु बढ्नेछन्। राजनीतिमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्ने हुनसक्छ। स्वास्थ्यमा समस्या देखिने जोखिम छ। गुम्न लागेको अवसर प्राप्त हुनेछ। मित्र बढ्नेछन्। पारिवारसँगको सम्बन्ध सुमधु्र बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। संकटमा साथीको साथ मिल्ने योग छ।

धनु : दिन खराब छ। शत्रु बढ्नेछन्। हरेक काममा बाधा अड्चन आउनेछन्। शिक्षा र स्वास्थ्यमा समस्या होला। अभिभावकको सल्लाह लिएर अघि बढेको काममा फाइदा हुनेछ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भएपनि राजनीतिमा उल्लेखनीय प्रगति हुनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

कुम्भ : दिन राम्रो छ। आज परिवारको साथमा सुखद् यात्रा तय हुनेछ। मन प्रशन्न हुनेछ। पुराना साथीसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। प्रेम बढ्नेछ।

मीन : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। अवरोध आइपर्दा त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ०० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले