अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध | Khabarhub Khabarhub

अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति देखिको अविरल वर्षाले रसुवागढी पुग्ने सडक अवरुद्ध भएको छ। भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक अवरुद्ध भएको हो। बाढीले केही पुल र क्याम्प बगाएको छ। बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ।

रसुवाको भोटेकोशी नदीमा गएराति जलसतह एक्कासी बढेपछि सतर्कता अपनाउन नदी किनारका स्थानीयलाई अनुरोध गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोसाइकुण्ड गाउँपालिका २ मा ल्हेन्दे खोलामा आएको बाढीले ठुलो क्षति गरेको छ। बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ५० बजे

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२