बेलिब्रिजले जोडिए मुगु र हुम्ला  « Khabarhub

बेलिब्रिजले जोडिए मुगु र हुम्ला 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुगु र हुम्ला जिल्लालाई बेलिब्रिजले जोडिएको छन् । हुम्लाको चंङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोतीखोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएसँगै दुई जिल्लाबीच सडक सञ्जालले जोडिएका हुन् । 

दुई जिल्लालाई जोड्ने तोली कर्णाली नदीमाथिको बेलिब्रिज कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका छन् । 

पूर्वमुख्यमन्त्री शाहीले मुगु, जुम्ला हुँदै अन्य प्रदेश राजधानी र तराईका जिल्लासँग हुम्ला सदरमुकाम सिमकोटको पहुँच स्थापित भएको बताए ।  

‘२०५५ सालदेखि सुरु गरिएको हुम्ला सडक अभियान अहिले आएर साकार हुँदैछ,’ उनले भने, ‘तीन तहका सरकार र जनस्तरको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको हो ।’ 

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । 

‘हाम्रो पालिकाका तीन वडाका नागरिकले पालिकाको केन्द्र पिप्लाङ आउन तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो बाध्यता बेलिब्रिज सञ्चालनमा आएपछि हटेको छ।’

चार करोड ९८ लाख रुपैयाँमा निर्माण भएको यो बेलिब्रिज ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ३७ बजे

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र