सुरक्षा स्टारर फिल्म ‘धागो’ कात्तिक २८ मा प्रदर्शन हुने « Khabarhub

सुरक्षा स्टारर फिल्म ‘धागो’ कात्तिक २८ मा प्रदर्शन हुने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा रहेको फिल्म ‘धागो’ कात्तिक २८ बाट प्रदर्शनमा आउने भएको छ । भारतमा पनि सोही मितिमा प्रदर्शनमा ल्याउने योजना रहेको निर्माण पक्षले बताएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

निर्देशक उदिप राणा थापाका अनुसार यो फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक कथा उठान गरेको छ ।

यस फिल्ममा सुरक्षासँगै भारतको वेस्ट बङ्गालका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन् ।

उनीहरुसहित फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापालगायतको अभिनय रहेको छ ।

निर्देशक थापाले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । विभिन्न भारतीय टेलिभिजन कार्यक्रमको निर्देशन टिममा रहेको काम गरेको अनुभवले फिल्ममा हात हालेको उनले बताए ।

यो फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाको ब्यानरमा बनेको हो । निर्माताहरु उमा थापा, उत्तम थापा र उदिप थापा हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ६ : ५२ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु