सुरक्षा स्टारर फिल्म ‘धागो’ कात्तिक २८ मा प्रदर्शन हुने « Khabarhub

सुरक्षा स्टारर फिल्म ‘धागो’ कात्तिक २८ मा प्रदर्शन हुने


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा रहेको फिल्म ‘धागो’ कात्तिक २८ बाट प्रदर्शनमा आउने भएको छ । भारतमा पनि सोही मितिमा प्रदर्शनमा ल्याउने योजना रहेको निर्माण पक्षले बताएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

निर्देशक उदिप राणा थापाका अनुसार यो फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक कथा उठान गरेको छ ।

यस फिल्ममा सुरक्षासँगै भारतको वेस्ट बङ्गालका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन् ।

उनीहरुसहित फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापालगायतको अभिनय रहेको छ ।

निर्देशक थापाले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । विभिन्न भारतीय टेलिभिजन कार्यक्रमको निर्देशन टिममा रहेको काम गरेको अनुभवले फिल्ममा हात हालेको उनले बताए ।

यो फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाको ब्यानरमा बनेको हो । निर्माताहरु उमा थापा, उत्तम थापा र उदिप थापा हुन् ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ६ : ५२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको