हरित ऊर्जा प्रवर्द्धनका लागि मलेसियाको ऐतिहासिक निर्णय « Khabarhub

हरित ऊर्जा प्रवर्द्धनका लागि मलेसियाको ऐतिहासिक निर्णय


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेसिया सरकारद्वारा नवीकरणीय ऊर्जा प्रवाहका लागि विद्युत् सञ्जालको प्रयोगबापत लाग्ने शुल्कमा ४० प्रतिशतसम्मको कटौती गरिएको छ । ऊर्जा रूपान्तरण तथा पानी मन्त्रालयले यो निर्णय दुईवटा विशेष योजनाअन्तर्गत लागू गरेको हो ।

शुक्रबार प्रकाशित विज्ञप्तिमा मन्त्रालयले जानकारी गराएअनुसार, चालु वर्षको अगस्ट १ गतेदेखि लागू भएको नयाँ विद्युत् दर संरचना अनुसार, प्रणाली पहुँच शुल्क तथा सामुदायिक पहुँच शुल्कमा पुनरावलोकन गरि समायोजन गरिएको छ । 

यस समायोजनमार्फत शुल्क गणनामा पारदर्शिता कायम गर्दै उपभोक्तामाथि दोहोरो भार नपर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

सामुदायिक नवीकरणीय ऊर्जा समूह संयन्त्र अन्तर्गत लाग्ने पहुँच शुल्क पहिलेको १५ साना इकाइबाट घटाएर ९ साना इकाई निर्धारण गरिएको छ । त्यसैगरी, कर्पोरेट नवीकरणीय ऊर्जा आपूर्ति योजनाअन्तर्गत, पक्का आपूर्तिका लागि प्रणाली पहुँच शुल्क २५ साना इकाइबाट घटाएर २० साना इकाई तथा अपक्का आपूर्तिका लागि ४५ साना इकाइबाट घटाएर ४० साना इकाई कायम गरिएको छ ।

मन्त्रालयले सो निर्णयले देशभित्र हरित ऊर्जा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ, साथै निजी तथा संस्थागत लगानीकर्ताहरूलाई आकर्षित गर्ने र दिगो ऊर्जा लक्ष्य प्राप्तिमा सहयोगी हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १२ : ३६ बजे

नरैनापुरमा आगलागीबाट १३ घरगोठ जलेर ध्वस्त

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३

गोकुलगंगाले मानेन संघीय सरकारको निर्णय, आइतबार पनि कार्यालय र विद्यालय खुल्ने

रामेछाप– यहाँको गोकुलगंगा गाउँपालिकाले अब आइतबार पनि सरकारी कार्यालय, विद्यालय

भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर

धुलिखेल– यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा न्यायाधीश सिफारिस

काठमाडौं- न्याय परिषदका सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालत, सुर्खेतको न्यायाधीशमा

इरान युद्धको प्रभाव : यूएई ओपेकबाट बाहिरियो, अब आफ्नै योजनामा तेल उत्पादन गर्ने

काठमाडौं- खाडी क्षेत्रमा इरानसँग सम्बन्धित तनाव बढ्दै जाँदा ऊर्जा, सुरक्षा