अफगानिस्तानमा बाढी : ५ जनाको मृत्यु, ८ घाइते « Khabarhub

अफगानिस्तानमा बाढी : ५ जनाको मृत्यु, ८ घाइते


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा आएको भारी वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

सरकारी समाचार संस्था बख्तरका अनुसार शुक्रबार नङ्गरहारको रोटाट, हास्का मिना र चपरहार जिल्लामा बाढीको स्थिति उत्पन्न भएको हो ।

नंगरहारका सूचना तथा संस्कृति विभागका प्रमुख मौलवी सदीकुल्लाह कुरैशीले बाढीका कारण हजारौं एकड खेतीयोग्य जमिन बगाएको बताएका छन्। ‘साथै, कयौँ सडक तथा सिँचाइ नहरहरूमा गम्भीर क्षति पुगेको छ ।’

यसअघि पनि केही साताअघि मात्र अफगानिस्तानका पूर्वी प्रान्त लोगर र परवानमा यस्तै प्रकारका बाढीका कारण जनधनको ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १ : ३४ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर