संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्नेमा जोड दिएका छन् । नेवाः देय् दबु गण्डकी प्रदेश समितिको आयोजनामा आजदेखि तनहुँको भिमाद नगरपालिका–६ भीमाद रङ्गशालामा सुरु प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धर्म, संस्कृति जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे । 

गण्डकी प्रदेश संस्कृतिमा धनी रहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री पाण्डेले लाखे नाच प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएकाले संस्कृति जगेर्नाका लागि लाखे नाच प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘संस्कृति संरक्षण गर्दै भावी पुस्तालाई यसको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ । अहिलेका पुस्ताले मौलिक संस्कृतिप्रति चासो नदेखाउँदा लोप हुन सक्छ ।’

प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाबाट सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख एक हजार एक सय ११, द्वितीय हुनेलाई रु ६१ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, ‘विगतमा लाखे नचाउँदा छुट्टै उत्साह हुन्थ्यो, अहिले यो प्रचलन क्रमशः घट्दै जान थालेको छ । यसको संरक्षणका लागि प्रयास गरेका हौँ ।’
 

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  १ : ५६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स