राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानहरूको चेतावनी « Khabarhub

राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानहरूको चेतावनी


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै आन्दोलनरत उखु किसानहरूले अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् । 

शनिबार माइतिघरमा पत्रकार सम्मेलन गर्दै उखु किसानहरूले आफ्ना मागप्रति सरकारले वेवास्ता गरेको भन्दै भाद्र २५ गतेदेखि  अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भाद्र २५ गतेबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको उखु उत्पादक महासङ्घ, नेपालका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।

आफूहरूको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने उनले बताए ।

उखु किसानले उपलब्ध गराउन बाँकी अनुदान रकम बिनासर्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चितता गर्नुपर्ने लगायतमा माग राखेका छन् । 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ४ : ५३ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर