राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानहरूको चेतावनी « Khabarhub

राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानहरूको चेतावनी


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै आन्दोलनरत उखु किसानहरूले अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् । 

शनिबार माइतिघरमा पत्रकार सम्मेलन गर्दै उखु किसानहरूले आफ्ना मागप्रति सरकारले वेवास्ता गरेको भन्दै भाद्र २५ गतेदेखि  अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा भाद्र २५ गतेबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय गरिएको उखु उत्पादक महासङ्घ, नेपालका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।

आफूहरूको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने उनले बताए ।

उखु किसानले उपलब्ध गराउन बाँकी अनुदान रकम बिनासर्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चितता गर्नुपर्ने लगायतमा माग राखेका छन् । 

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ४ : ५३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स