मारुती सुजुकीले भारतमै बनेको इ–भितारा–एसयूभी सार्वजनिक गर्दै, सयभन्दा धेरै देशमा निर्यात गर्ने « Khabarhub

मारुती सुजुकीले भारतमै बनेको इ–भितारा–एसयूभी सार्वजनिक गर्दै, सयभन्दा धेरै देशमा निर्यात गर्ने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले भारतमै निर्माण भएको विद्युतीय सवारी (ईभी) इ–भितारा–एसयूभी सार्वजनिक गर्ने घोषणा गरेको छ । गुजरात राज्यमा रहेको परिष्कृत कारखानामा मारुती सुजुकीले यो कार निर्माण गरिएको हो ।

यो कारखानाले विश्वका १ सयभन्दा धेरै मुलुकमा विद्युतीय कार निर्यात गर्ने लक्ष्य लिएको छ । यस कारखानाबाट उत्पादन हुने ईभी बेलायत, युरोपजस्ता उन्नत बजारमा पनि निर्यात हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय विश्वभर विद्युतीय सवारीको उत्पादन र प्रयोग बढ्दै गइरहेका बेला मारुती सुजुकीले भारतमै निर्माण गरिएको आफ्नो पहिलो विद्युतीय सवारी सार्वजनिक गर्ने घोषणा गरेको हो । पछिल्लो समय भारतमा पनि ईभीको माग र उत्पादनमा तीव्र वृद्धि भएको छ ।

यसबाट वातावरणमैत्री यातायातको क्षेत्रमा थप सम्भावनाहरू खुल्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ०१ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य