मारुती सुजुकीले भारतमै बनेको इ–भितारा–एसयूभी सार्वजनिक गर्दै, सयभन्दा धेरै देशमा निर्यात गर्ने « Khabarhub

मारुती सुजुकीले भारतमै बनेको इ–भितारा–एसयूभी सार्वजनिक गर्दै, सयभन्दा धेरै देशमा निर्यात गर्ने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले भारतमै निर्माण भएको विद्युतीय सवारी (ईभी) इ–भितारा–एसयूभी सार्वजनिक गर्ने घोषणा गरेको छ । गुजरात राज्यमा रहेको परिष्कृत कारखानामा मारुती सुजुकीले यो कार निर्माण गरिएको हो ।

यो कारखानाले विश्वका १ सयभन्दा धेरै मुलुकमा विद्युतीय कार निर्यात गर्ने लक्ष्य लिएको छ । यस कारखानाबाट उत्पादन हुने ईभी बेलायत, युरोपजस्ता उन्नत बजारमा पनि निर्यात हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय विश्वभर विद्युतीय सवारीको उत्पादन र प्रयोग बढ्दै गइरहेका बेला मारुती सुजुकीले भारतमै निर्माण गरिएको आफ्नो पहिलो विद्युतीय सवारी सार्वजनिक गर्ने घोषणा गरेको हो । पछिल्लो समय भारतमा पनि ईभीको माग र उत्पादनमा तीव्र वृद्धि भएको छ ।

यसबाट वातावरणमैत्री यातायातको क्षेत्रमा थप सम्भावनाहरू खुल्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ०१ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन