पाकिस्तानमा थप दुई जनामा भेटियो पोलियो « Khabarhub

पाकिस्तानमा थप दुई जनामा भेटियो पोलियो


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पोलियो रोगका थप बिरामी फेला परेका छन् । खैबर पख्तुनख्वा प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खैबर पख्तुनख्वाको टाङ्क क्षेत्रकी १६ महिने बालिका र सोही प्रान्तको उत्तरी वजिरिस्तानकी २४ महिने बालिकामा पोलियो भेटिएको हो । बिजनेश रेकर्डर अनुसार यससँगै मुलुकमा यस वर्ष पोलियो भेटिएका बिरामीको सङ्ख्या २३ पुगेको छ ।

यीमध्ये सबैभन्दा धेरै खैबर पख्तुनख्वामा छन् । सो प्रान्तमा १५ जनामा पोलियो देखा परेको छ । त्यसैगरी, सिन्धमा ६ तथा पञ्जाब र गिल्गिट बाल्टिस्तानमा एक जनामा पोलियो भेटिएको छ ।

गत वर्ष पाकिस्तानमा ७४ जनामा पोलियो भेटिएको थियो । यसमध्ये २७ जना बलोचिस्तानका थिए भने २३ जना खैबर पख्तुनख्वा, २२ जना सिन्ध र एक जना गिल्गिट बाल्टिस्तानका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ५१ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य