लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन « Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।

पूर्वीरुकुम, तकसेराकी पुनको शनिबार काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिए ।

करिब एक महिना अघि स्वास्थ्य समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। अस्पतालमा एकैपटक दुई वटा ठूलो शल्यक्रिया गरिएको थियो। पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेसनका क्रममा उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।

प्रदेशसभा सदस्य पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिइन् । उनी लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : १० बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको