बंगलादेशमा नियुक्त भएका नयाँ न्यायाधीशमा कोही पनि अल्पसङ्ख्यक परेनन्, अधिकारवादी संस्थाद्वारा विरोध « Khabarhub

बंगलादेशमा नियुक्त भएका नयाँ न्यायाधीशमा कोही पनि अल्पसङ्ख्यक परेनन्, अधिकारवादी संस्थाद्वारा विरोध


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा नयाँ नियुक्त गरिएका न्यायाधीशको सूचीमा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व नभएको भन्दै मानव अधिकारवादी संस्थाले आलोचना गरेको छ । बंगलादेशमा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै आएको बंगलादेश हिन्दू, बौद्ध, इसाई एकता परिषदले नवनियुक्त न्यायाधीशको सूचमा अल्पसङ्ख्यक नपरेको जनाएको हो ।

हालै बंगलादेशको अदालतमा २५ जना न्यायाधीश नियुक्त गरिएको छ । यसरी नियुक्ती लिनेमा नौ जना न्याय अधिकारी छन्, नौ जना अधिवक्ता छन् भने सात जना कानुन अधिकारी रहेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले प्रधान न्यायाधीश सइद रेफात अहमदको सल्लाहमा उनीहरुको नियुक्ती गरेका हुन् । यससँगै बंगलादेशमा न्यायाधीशको सङ्ख्या १ सय १३ पुगेको छ ।

गत महिना बंगलादेशको अवामी लिग पार्टीले मोहम्मद युनुसको नेतृत्वमा रहेको वर्तमान अन्तरिम सरकारले न्यायपालिकालाई ‘हतियारका रुपमा दुरुपयोग’ गरिरहेको भन्दै निन्दा गरेको थियो । लिगले अहिले मुलुकका न्यायाधीशहरु ‘युनुसको भीडबाट निर्देशित’ रहेको पनि आरोप लगाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : १७ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य