युवा सङ्घको चेतावनी- ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन « Khabarhub

युवा सङ्घको चेतावनी- ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । 

मंगलबार युवा संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना पूर्वाग्रहका आधारमा राहदानी रोक्का गरेको अथवा प्रतिशोध भएको खण्डमा सैह्य नहुने चेतावनी समेत दिएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णयप्रति हाम्रो संगठन आपत्ति प्रकट गर्छ । जेन-जी घटनासम्बन्धी ‘जाँचबुझ आयोग २०८२’ ले बिना आधार, बिनाप्रमाण जाँचबुझको विशुद्ध शंका र पूर्वाग्रहको आधारमा राहदानी रोक्काको निर्णय गरेको छ ।’

‘छानबिन गर्न हामी तयार छौँ, तर, छानबिन नै नगरी प्रारम्भमै अपराधी करार गर्नेगरी निर्णय गरिनु आपत्तिजनक छ’ विज्ञप्तिमा उल्लेख छ ।  

 साथै एमाले पोलिटब्युरो महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने भन्ने सरकारको निर्णयको पनि युवा सङ्घले विरोध जनाएको छ  । 

आइतबार जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो। 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  २ : ५८ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन