दसैं सुरक्षाका लागि प्रहरीको २४ सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन | Khabarhub Khabarhub

दसैं सुरक्षाका लागि प्रहरीको २४ सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो । 

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जानकारी दिए । 

प्रहरीले कुनै पनि सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरूमा मानिसहरूको चहलपहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरूमा चोरी, डकैती, लुटपाट, पाकेटमारा, सामाजिक सञ्जालमार्फत हुने विविध ठगी, अवैध रुपमा हुने मादक पदार्थ बिक्री वितरण, सेवन गर्ने, झै–झगडा, लागू औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरू नियन्त्रण गर्न युनिट बनाएर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

वर्तमान परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन २४सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम राखिएको उनको भनाइ छ । प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा राज्यस्रोतलाई उच्चतम् प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । 

प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१-६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ६ : १० बजे

अमेरिकाबाट निर्वासित १२० जना इरानीहरू यही हप्ता घर आइपुग्ने : मन्त्रालय

एजेन्सी – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कार्यक्रम अन्तर्गत मंगलबार संयुक्त

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते

एजेन्सी – दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई

त्रिनगर नाकाबाट नौं हजारभन्दा बढी स्वदेश भित्रिए

गोदावरी– कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका

भेनेजुएलाका मदुरो अमेरिकी आक्रमणको खतरामा आपतकाल घोषणा गर्न तयार

एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार अमेरिकी ‘आक्रमण’ को

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवा– गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी