रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता « Khabarhub

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रसुवा– गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल निर्माणमा तीव्रता दिइएको छ ।

 रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार खोलाको पानीलाई ह्युमपाइपको सहायताले एकत्रित गरी चिनियाँ प्राविधिकले नेपाल तर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन् । अहिलेकै गतिमा काम गरेमा तिहार भन्दा अगाडि पुल निर्माण हुने प्रजिअ पन्थीले बताए।

त्यसैगरी पानीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण यही असोज २५ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गल्छि–त्रिशुली मैलुङ–स्याफ्रुबेँसी– रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ ।

 निर्माण सामग्री ढुवानी भइसकेका कारण दसैँ लगत्तै बाँकी संरचना निर्माण सुरू गरिने उक्त सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिए।
 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ६ : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु